logo-img

सरकारमा सहभागी हुनेबारे छलफल गर्दै नागरिक उन्मुक्ति पार्टी
नाउपा अध्यक्ष रेशमलाल चौधरी, फाइल तस्बिर

सत्ता समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि आन्तरिक छलफलमा जुटेको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिकरूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । 

बैठक बिहान १० बजे काठमाडौंमा बस्नेछ । बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदलाई छलफलमा बोलाएको छ । 

‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ । पार्टीको निर्णयअनुसार अगाडि बढ्छौँ,’ सो पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ । नभए बाहिर बस्छौँ ।’





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ९:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया