कांग्रेस महामन्त्री शर्माले भने : हामीले कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्ते दाबी गरेका हुन् । 

केही पत्रकारले के कांग्रेसले फलाना (रास्वपा अध्यक्ष रवि लामिछाने)लाई प्रधानमन्त्री अफर गरेको हो ? भनेर सोधेको भन्दै उनले कसैलाई पनि यस्तो प्रस्ताव नगरिएको प्रस्ट्याएका हुन् । 

उनले लेखेका छन्, केही पत्रकार मित्र सोधिरहनुभएको छ– के कांग्रेसले ‘फलाना’लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो ? स्पष्ट गरौँ– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !

कांग्रेस नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिकाको तयारीमा रहेको स्पष्ट पार्दै उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न सुझाब पनि दिएका छन् । 

यसअघि रास्वपाका महामन्त्री मुकुल ढकालले आफ्नो पार्टीलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको, तर उक्त प्रस्तावलाई आफूहरुले भने अस्वीकार गरेको दाबी गरेका थिए । 



कांग्रेसको प्रस्तावमा रास्वपाले गठबन्धनमा ८ बुँदे सहमति भइसकेकाले वर्तमान गठबन्धन छाडेर कहीँ नलाग्ने जवाफ दिएको प्रवक्ता ढकालले बताएका थिए । 



  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २२:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया