logo-img

जसपा नेताहरूले उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न सुझाव दिँदै भने- अफर आएपछि निर्णय गरौँ
फाइल तस्बिर

नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीहरूको नाम टुंग्याउने हेतुले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरूले सुझाएका छन् । 

बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भए पनि मन्त्रालयको भागबन्डाको विषयले छलफलमा चर्को रूप लिएको एक नेताले बताए ।

यादवलाई उपप्रधानमन्त्री दिने र मधेस प्रदेश सरकारको निरन्तरता सुनिश्चित गरे सरकारलाई साथ दिने मोडमा पुगेका यादवमाथि केही नेताहरूले पदको पछाडि नलाग्न आग्रह गरे ।  

बैठकमा सहभागी नेताहरूले अहिलेको अवस्थामा मधेस प्रदेश सरकारको नेतृत्व आफ्नो हातबाट फुत्काउन नहुने धारणा राखे पनि अध्यक्ष यादवमाथि सरकारलाई सहयोग गर्ने सम्बन्धमा हतार गरेर निर्णय नगर्न दबाब बढाएको ती नेताले जानकारी दिए । 

तर,उक्त विषयमा प्रवक्ता मनिष सुमन भन्छन्,‘मधेस प्रदेशमा हाम्रो सरकारको निरन्तरता छलफलको विषय थियो । तर, गठबन्धनबाट अध्यक्षलाई उपप्रधानमन्त्रीको अफर नै आएको छैन । उपप्रधान मात्रै होइन हामीलाई कुनै पनि मन्त्रालयको अफर अहिलेसम्म आएको छैन ।’

सम्भावित मन्त्रीहरूको नाम टुंग्याउन सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो बालुवाटारमा बस्दैछ । जसपाले कतिवटा मन्त्रालयमा दाबी गरिरहेको छ भन्ने प्रश्नमा प्रवक्ता सुमनले भने, ‘मधेस प्रदेश सरकारको सुनिश्चितता हाम्रो चासो हो । बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा के कस्तो अफर उताबाट आउँछ त्यसपछि हामी निश्चित गछौं ।’ 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १२:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया