logo-img

साफ यु–१६ महिला च्याम्पियनसिप : प्रतियोगिताबाटै बाहिरियो नेपाल

नेपालकाे राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०-० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३-१ गोलअन्तरको हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग नेपाल २-० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा भने नेपालले भुटानसँग ३-० गोलअन्तरले विजयी भएको थियो ।  

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल गर्यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई-दुई गोल गरेका थिए । यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक-एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए । 

प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बंगलादेशबीच खेल हुनेछ ।





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार २१:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया