logo-img

एमालेको दाबी : नयाँसत्ता समीकरणले राजनीतिक स्थायित्व र जनतामा आशा जगाउनेछ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको छ । नेकपा एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउन एमालेका तर्फबाट सकारात्मक योगदान पुग्ने ठानेको बताए । जनताको निराशालाई आशामा परिणत गर्न हरतरहले सरकारलाई सहयोग गर्ने बैठकले निर्णय गरेको पनि उनले बताए ।  

महासचिव पोखरेलले एमालेसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत  समाजवादी) लगायत पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको भन्दै नयाँ सत्ता समीकरणलाई  साथ र सहयोग गर्न अन्य दललाई अनुरोध गरिएको बताए । 

‘देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास सरकारका तर्फबाट अगाडि बढ्ने छ’, उनले भने, ‘मुलुकको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका निम्ति सहकार्य फलदायी हुने विश्वास बैठकले गरेको छ ।’ 

बैठकले पार्टी स्थापनाको ७५औँ वार्षिकोत्सवका दिन १० वैशाखमा विशेष समारोह र वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिए ।  





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १६:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया