८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले आठ बर्से अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल ८ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । 

ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । 

यही २९ फागुनको अपरान्ह बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्ध वार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी  वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।   





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार २०:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया