घर–घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैनौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस घर–घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । 

शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले कांग्रेस अब जनताका मुद्दा लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने बताए । अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ । 

‘यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्यूहरुले काम गरेनन् भन्ने अभियोग छ,’ उनले भने, ‘त्यसको परीक्षण हुन्छ ।’

उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुमध्ये सबैले राम्रैराम्रो गर्न नसकेको स्वीकार गर्दै रिजल्ट देखाउनका लागि कम्तीमा एक वर्षको समय पाउनुपर्नेमा कांग्रेसका मन्त्रीले एक वर्ष पनि समय नपाएको उनले बताए । 

संसद्मा कांग्रेसले ठूलो दलको हिसाबले जिम्मेवारी पूर्ण रूपमा निभाउने बताउँदै महामन्त्री शर्माले संसदमा छलफलमा रहेका शिक्षा विधेयकलगायतमा कांग्रेसको ध्यान केन्द्रित हुने उनले बताए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १५:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया