logo-img

सुदूरपश्चिम र लुम्बिनीमा कांग्रेसलाई रेशमको साथ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारहरूलाई आफ्नो पार्टीको समर्थन यथावत् राख्ने बताएका छन् । यी दुवै प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छन् । 

उनले बिहीबार सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै नयाँ मन्त्री थपेका थिए । लुम्बिनी प्रदेशमा पनि मन्त्री थप गर्ने योजना रहेको उनले सुनाए । 

 ‘हामीहरु अहिले सरकार बनाउने र भत्काउने खेलमा लागेका छैनौं,’ उनले भने, ‘त्यसैले प्रदेश सरकारहरुलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।’

बुटवलमा पत्रकारहरुसँगको संक्षिप्त भेटमा चौधरीले पार्टीभित्र आन्तरिक विवाद र समस्या नरहेको र सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु छलफलबाटै सहभागी भएको बताए ।

निर्वाचन आयोगले बिहीबार चौधरीलाई अध्यक्षको हैसियत दिन नमिल्ने बताएको थियो । आयोगले जस्तो निर्णय गरे पनि महाधिवेशनले गरेको निर्णय ठूलो हुने रेशमको दाबी छ । 

उनले आफ्नो पार्टी संघीय संसद्‍मा सानो दल भएको बताउँदै ठूला राजनीतिक दलहरुले साना दललाई भ्यागुताको धार्नी बताएको बताए ।





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार २१:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया