logo-img

राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षको निर्वाचन समय र स्थान तोकिने
फाइल तस्बिर

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठकले २९ फागुनमा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्नेछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । 

आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ । यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद् सचिवालयले जनाएको छ । 

अध्यक्षले विषयगत समितिमा रहेका सदस्यको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । तर, सभाका अध्यक्षको पद रिक्त रहेकाले उक्त उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन् ।  

यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो ।  

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ  । राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन् । 

अध्यक्ष पदका लागि नेकपा माओवादी र उपाध्यक्ष नेकपा एमालेले लिने गरी राजनीतिक सहमति भइसकेको छ । माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ ।



आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूची छ ।   



  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ८:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया