logo-img

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा
फाइल तस्बिर

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन २९ फागुनमा हुने भएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन मिति आउँदो मंगलबार (२९ फागुन) मा हुने तोकेकी हुन् ।

अर्यालले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशनसमेत दिइन् ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु,’ अर्यालले भनिन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नु परेको हो । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १३:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया