logo-img

स्पेनिस ला लिगा : जिदान फर्किएपछि रियलको पहिलो हार

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातीको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र इजेक्यल ग्यारेयले गोल गरे । रियलका लागि करिम बेन्जिमाले गोल फर्काए ।

जिनेदिन जिदानले पुनः क्लब सम्हालेपछि रियल मड्रिडको यो पहिलो हार हो ।

खेलको ३५औं मिनेटमा गुइडेसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल भएन । 

८३औं मिनेटमा ग्यारेयले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर गरे । अतिरिक्त समयमा रियलका बेन्जिमाले गोल फर्काएपछि खेल २–१ मा टुंगियो । 

लगातार खराब नतिजा आएपछि रियलले सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै केही समयअघि क्लब छोडेका जिनेदिन जिदानलाई पुनः मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको थियो । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ९:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया