logo-img

कांग्रेस निकट तीन प्रदेश प्रमुख हटाइए, नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त हुने पदहरूमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम नजिर मियाँलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन । हटाइएका प्रदेश प्रमुख नेपाली कांग्रेस निकट रहेको बताइन्छ । 

उनले भनिन्, ‘गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरू पदमुक्त गराउने सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ । रिक्त हुने पदहरूमा नियुक्ति गर्न सिफारिस गर्न मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको छ ।’ 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १८:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया