सरकार परिवर्तन कुनै ठूलो, नौलो र आश्चर्यजनक कुरा होइन : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तन कुनै ठूलो, नौलो र आश्चर्यजनक कुरा नभएको बताएका छन् । सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले संसदमा भएको केही गडबडीका कारण सरकार परिवर्तन भएको बताए । 

समाजमा व्यापक निराशा रहेकाले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशंका र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ।’

मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा संकल्प जरुरी भएको बताए। मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको उल्लख गर्दै उनले भने, ‘मैले निराशाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो।’ 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार २०:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया