logo-img

पिएनजीविरुद्ध नेपाललाई दोस्रो झड्का, विनोदलगत्तै रोहित पनि आउट

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । 

उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए । नेपालले पहिलो विकेटको रूपमा ७.३ ओभरमा विनोद भण्डारीलाई गुमायो । उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले । 

विनोदले जारी हङकङ भ्रमणका क्रममा गत शनिबार हङकङविरुद्ध ४२ रन बनाएका थिए । नेपालले आज टस हारेर पहिला ब्याटिङ गरिरहेको हो ।

पिएनजीविरुद्ध नेपालले  प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अविनाश बोहराको स्थानमा आकाश चन्दलाई मौका दिएको हो । सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।    

पहिलो खेल वर्षाले प्रभावित भएपछि हङकङसँग नेपालले अंक बाँडेको थियो ।  
 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ७:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया