अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एएफसी च्याम्पियन्स लिगमा अल हिलाल सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २–० गोल अन्तरले हराउँदै साउदी क्लब अल हिलाल ​सेमिफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा पनि २–० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल हिलालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

यासिल अल सहरानीले ६१ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफको  इन्जुरी टाइममा मालकोन फिलिपेले गोल गरेपछि अल हिलाल दोस्रो लेगमा पनि २–० ले विजयी भयो । 

सेमिफाइनलमा अल हिलालले फाइनल प्रवेशका लागि अल एइनसँग अप्रिल १६ मा खेल्ने छ । अल एइन क्रिस्टियानो रोनाल्डोको टोली अल नारसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

एएफसी च्याम्पियन्स लिग अन्तर्गत अर्को खेलमा कोरियन टोली हुन्डाइ उल्सानले घरेलु टोली हुन्डाइ मोटर्स जेडनबुकलाई समग्रमा २–१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दोस्रो लेगमा उल्सानले १–० को जित निकाल्दा सेमिफाइनल पुग्न पर्याप्त भयो ।



उल्सानका लागि योङ ओ सिओलले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । 



  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ९:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया