logo-img

प्रधानमन्त्री दाहाल भन्छन्- ‘प्रतिपक्षले निहुँ खोजिरहे शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुङ्ग्याउन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिपक्षमा बस्नेले निहुँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताए ।

उनले नेपाली कांग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सहमतिमा टुंग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुंगो लगाउन नसकिएको बताए । उनले अब कांग्रेसले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विमति गर्नु नहुने बताए । 

‘मान्य रमेश लेखकज्यूले भन्नुभएको छ, अब शान्ति प्रक्रिया के हुन्छ ? हिजो शान्ति प्रक्रिया टुंग्याउन कसले बाधा पुर्‍यायो जवाफ दिनुपर्छ भन्नुभएको छ । जवाफ तपाईँहरूलाई राम्रोसँग थाहा नै छ । जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्ने भए कहिल्यै टुंगिँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘तर, नेपाली कांग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यकता बन्नुपर्छ । यसलाई सहमतिमा टुंग्याऔँ भन्ने कुरामा हाम्रो कहिल्यै विमति भएन । तर, टुंगिँदा पनि टुँगिएन । अब नेपाली कांग्रेसले त्यही बाटो नलिओस् भन्ने मेरो चाहना हो । अब सहमतिले यसलाई टुङ्ग्याऔँ ।’ 

उनले राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोशलाई परिवर्तन ल्याउन सरकारले विश्वासको मत दिन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १२:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया