logo-img

माओवादीको दाबी- नयाँ गठबन्धनले देशलाई सही मार्गचित्रमा लैजानेछ

माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले सत्य निरूपणलगायत अन्य कानुन र विधेयकहरूको सम्बोधन गर्नका लागि नयाँ गठबन्धनलाई विश्वासको मत दिन आवश्यक रहेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विधेयकलाई नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत आवश्यक भएको भन्दै गठबन्धनलाई मत दिनको लागि सबै सांसदहरूलाई आग्रह गरे ।  

उनले भने, ‘भविष्यमा सत्य निरूपणको विषयलाई संसदबाट पास गर्ने सरकारको लक्ष्यलाई समर्थन गरेर सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर यसलाई पूरा गर्न सक्ने हो भने मुलुकमा शान्ति प्रक्रिया पूरा हुन्छ । यो सँगै बाँकी रहेका अन्य कानुन र विधेयकलाई पनि नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत दिन आवश्यक छ । गठबन्धनलाई अवधिसम्म टिकाउनको लागि हरेक कार्यक्रमको कुरा जनतासम्म जान आवश्यक छ । यी सबै कुरालाई ध्यानमा राख्ने विश्वास लागेको छ ।’

यस्तै उनले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरू समाधान गर्ने र देशलाई सही मार्गचित्रमा लाने विश्वास लिएको पनि बताएका छन् ।

उनले भने, ‘नेपाल बहुभाषिक, बहु सांस्कृतिक देश हो । तर यो देशमा धेरै किसिमको सामाजिक सद्भाव खलबलाउने काम भएको छ, त्यसले अनुशासन र सुरक्षाको अनुभूति जनताको जुन आवश्यकता छ । गठबन्धन र सरकारले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरू समाधान गर्ने र देशलाई सही मार्गचित्रमा लान्छ भन्ने विश्वास छ ।’ 

जनताले धोका पाएको कुरा सत्य भएको उल्लेख गर्दै उनले देश र मुलुकले नेपाली काङ्ग्रेसबाट बढी धोका खाएको उनको भनाई छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १३:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया