logo-img

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो । तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ । 

बुधबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ । 

फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ ।  





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १२:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया