logo-img

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । हङकङमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो । काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसिसी टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी-२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ८:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया