logo-img

माओवादी केन्द्रको विधान सुझाव परिमार्जनसहित पारित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रूप दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगमरूपमा समृद्ध बनाइ अन्तिम रूप दिएको बताए । उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए ।

‘दुईवटा एजेन्डा मात्रै थिए । एउटा विधानसम्बन्धी नै हो । मूलभूतरूपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगमरूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गर्‍यौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ । आज त्यो फाइनल भएको छ । राष्ट्रिय सभामा हाम्रो पार्टीको तर्फबाट अध्यक्षमा निर्वाचित नारायण दाहालले राजीनामा दिनुभएको थियो, त्यो स्वीकृत गरेका छौँ,’ सापकोटाले भने ।

उनले बैठकले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिएको राजीनामा स्वीकृत गरेको पनि बताए । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया