logo-img

मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ : उपमेयर डंगोल
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताएकी छन् । 

संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा आज काठमाडौंमा आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताइन् । 

काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए । 

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गरिन् । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार २२:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया