logo-img

घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय रुपैयाँ कायम भएकोमा आज भने तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख २३ हजार नौ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय तीन रुपैयाँ निर्धारण भएको छ । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ११:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया