logo-img

गाजाको अल–शिफा अस्पतालमा इजरायलले सुरु गर्याे सैन्य अभियान

इजराइली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको संकेत दिएको छ । 

इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए । उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकूहरूसँग लड्नु रहेकामा जोड दिए । 

'हमासका वरिष्ठ लडाकूहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजराइलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ,' उनले भने । 

उनले नागरिकको हताहती कम गर्नका लागि सटिकता र सावधानीका साथ कारबाही गरिने बताए । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ । 

'बिरामी र चिकित्साकर्मीहरूका लागि अस्पताल खाली गर्नुपर्ने कुनै बाध्यता नभए पनि त्यहाँबाट निस्कन इच्छुक नागरिकहरूका लागि एउटा मार्ग उपलब्ध छ,' उनले भने । 

हगारीले हमासका लडाकूहरूलाई आत्मसमर्पण गर्न आग्रह गरे र आतंकवादी गतिविधिका लागि चिकित्सा सुविधालाई कहिले पनि प्रयोग गर्न नहुने बताए । 



यसैबीच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजराइली कारवाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, 'हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजराइली कब्जालाई जिम्मेबार मान्छौँ ।'

'कब्जा गर्ने शक्तिले जे गरिरहेको छ, त्यो अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लंघन हो, इजराइली कब्जाले अझै पनि विश्वलाई धोका दिन र अल–शिफा मेडिकल कम्प्लेक्समा हमलालाई सही ठहर गर्न आफ्नो बनावटी कथाहरू प्रयोग गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ । 



  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १६:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया