logo-img

टिपर दुर्घटनामा च्यापिएका चालकको पाँच घण्टापछि जीवितै उद्धार

मकवानपुरमा टिपर दुर्घटनामा परी च्यापिएका चालकको झण्डै ५ घण्टापछि जीवितै उद्धार गरिएको छ। भीमफेदी गाउँपालिकामा भएकाे टिपर दुर्घटनामा परी च्यापिएका चालक हटौँडा उपमहानगरपालिका–१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको जीवितै उद्धार गरिएकाे हाे ।

भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा सोमबार बिहान भएको टिपर दुर्घटनामा च्यापिएका चालकको ५ घण्टापछि जीवितै उद्धार गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

वाइवाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको छ। वाइबाको अहिले बोल्न सक्ने अवस्थामा रहेकाे र हेटौँडा– ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १८:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया