logo-img

प्रधानमन्त्रीलाई जनार्दनको प्रश्न : भूकम्पको पुनर्निर्माण कहिले गर्नुहुन्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट भूकम्पको झन्डै पाँच महिनापछि पुर्ननिर्माणको काम अगाडि बढाउने आश्वासन दिएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी बनेका प्रधानमन्त्री दाहालले जाजरकोटमा भूकम्प गएको झन्डै पाँच महिनापछि पुनर्निर्माण सुरु गर्ने बताएका छन् । उनले जाजरकोटसँगै डोटी र बझाङमा पनि भूकम्पपछिको पुर्ननिर्माण कार्यलाई सरकारले शीघ्र सुरु गर्ने आश्वासन दिए । 

माओवादी सांसद जर्नादन शर्माले जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको भौतिक क्षतिको पुनर्निर्माण गर्न बजेटको व्यवस्था गरी कहिलेबाट सरकारले काम सुरुआत गर्छ भनेर सोधेको प्रश्नमा दाहालले शीघ्र पुनर्निमाणको काम अगाडि बढाउने बताए । 

‘जाजरकोट, बझाङ र डोटीको पुर्ननिर्माणको सन्दर्भमा विपद प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निमाण तथा पुनस्र्थापना कार्यविधि २०८० का आधारमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको कार्यलाई दिने विषय सरकारको उच्च प्राथमिकतामा छ र अब यो कार्य शीघ्र प्रारम्भ गरिनेछ’ प्रधानमन्त्री दाहालले भने ।  

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गत कार्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो । २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको थियो ।





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १८:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया