logo-img

निर्देशन कार्यान्वयन भएपछि मात्र नयाँ कार्य योजना बनाउनुपर्ने माग

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा सरोकार समितिमा सदस्यहरू दिएको निर्देशनको कार्यान्वयन गरे नगरेकोबारे अनुगमन गर्नुपर्ने माग राखेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा नवनिर्वाचित सांसदहरूले समितिले दिएको निर्देशन कार्यान्वयन भएपछि मात्र नयाँ कार्य योजना बनाउनुपर्ने धारणा राखेका हुन् । सांसद इन्दिरादेवी गौतमले समितिले दिएको निर्देशन सरकारले  कार्यान्वयन गर्‍यो कि गरेन भन्नेबारे रिपोर्ट माग गनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले निर्देशन दिँदाखेरि रिपोर्टका आधारमा सुझावहरू दिन्छौँ । त्यही हिसाबले सरकारसँग पनि सुझाव माग्नुपर्दछ । कार्यान्वयनका बारेमा सम्बन्धित मन्त्रालयसँग प्रतिशतमा रिपोर्ट माग्ने र प्रतिबद्धता लिने गरौँ ।’

समिति सभापति सोनाम गेन्जेन शर्पाले छिट्टै नै विज्ञहरूसँगको छलफलका आधारमा समितिका भावी कार्य योजना तय गर्ने बताए । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार २०:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया