होलीमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थामा कडाइ
फाइल तस्बिर

फागु अर्थात् होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले यस्तो व्यवस्था गर्न लागेको हो । 

ट्राफिकले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र  उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरीत सवारी साधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाई छ ।

ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राख्ने प्रहरीको तयारी छ । मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ ।  





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १२:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया