अनुराग कश्यप भन्छन्- ‘अब प्रत्येक भेटको पारिश्रमिक लिनेछु’

बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अब आफ्ना हरेक मिटिङमा पारिश्रमिक लिने घोषणा गरेका छन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा एक लामो पोस्ट शेयर गर्दै यस्तो घोषणा गरेका हुन् । 

कश्यपले छिटो–छिटो सफलता चाहनेमाथि पनि आक्रोश पोखेका छन् । ‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरेँ । जसमा बढी मिडियामा आउन चाहने नै थिए । अब म आफ्नो समय बर्बाद गर्न चाहन्नँ । जसलाई मलाई क्रिएटिभ जिनियस मान्छ, म उसँग अब पैसा लिएर मात्र सल्लाह दिन्छु । यदि मसँग कोही भेटघाट गर्न चाहन्छ भने १० देखि १५ मिनेटका लागि १ लाख रुपैयाँ पारिश्रमिक लिन्छु,’ उनले लेखेका छन्, ‘आधा घण्टाका लागि २ लाख र १ घण्टाका लागि ५ लाख रुपैयाँ लिनेछु । म मान्छेलाई भेटेर थाकिसकेको छु । यदि तपाईंलाई मेरो सर्त मन पर्छ भने कि मलाई फोन गर्न सक्नुहुन्छ या मबाट टाढा रहन सक्नुहुन्छ । 

उनले अगाडि लेखेका छन्, ‘पैसा दिनुहोस् र आफ्ना लागि समय लिनुहोस् । म च्यारिटी गर्दिनँ । म च्यारिटी गरेर थाकिसकेको छु ।’

अनुरागको यो पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । निर्देशक शेखर कपूरले अनुरागको पोस्टमा समर्थन गरेका छन् । ‘साँच्चै अनुराग । म पनि कैयौंपटक यस्तो अनुभव गरिरहेको छु’, उनले कमेन्ट गरेका छन् । 
 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ९:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया