logo-img

आइपिएलमा आज पनि दुई खेल, यी चार टिमबीच हुँदैछ प्रतिस्पर्धा

भारतमा जारी १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पनि दुईवटा खेल हुँदै छन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स खेल्नेछन् । 

राजस्थान र लखनउबीचको खेल अपरान्ह ३ः४५ देखि जयपुरमा सुरु हुनेछ । यस्तै, मुम्बई र गुजरातले राति ७ः४५ देखि अहमदाबादमा प्रतिस्पर्धा गर्नेछन् । हालसम्म मुम्बईले पाँचपटक, गुजरात र राजस्थानले एक/एक पटक आइपिएल उपाधि जितेका छन् । 

तेस्रो सिजन खेलिरहेको लखनउले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसपटक मुम्बईमा हार्दिक पाण्ड्या र गुजरातमा शुभमन गिल कप्तान रहेका छन् ।

गत संस्करणमा मुम्बईले रोहित शर्मा र गुजरातले हार्दिक पाण्ड्याको कप्तानीमा आइपिएल खेलेका थिए । राजस्थान र लखनउमा भने क्रमशः सञ्जु सामसन र केएल राहुल कप्तान कायमै छन् ।  
 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ११:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया