logo-img

आइपिएलमा पहिलो जितको खोजीमा बेंगलुरु, आज पञ्जाब किंग्ससँग भिड्दै

भारतमा जारी १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा राति ७ः४५ देखि सुरु हुनेछ । 

बेंगलुरु जारी सिजनमा पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटको पराजय बेहोरेको थियो । बेंगलुरु दोस्रो खेलमा भने घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट पुनरागमन गर्न चाहन्छ ।  

यता शिखर धवन नेतृत्वको पञ्जाब लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित भएको थियो । पञ्जाब बेंगलुरुविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

आइपिएलमा हालसम्म यी दुई टिमले ३१ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा पञ्जाबले १७ र बेंगलुरुले १४ खेल जितेको विगत छ । अहिलेसम्म यी दुई टिमले आइपिएल उपाधि जित्न सकेको छैन ।     
 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ७:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया