logo-img

‘रामायण’ का लागि शाकाहारी बने रणवीर

बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’ मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ ।

फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन् । यही बीचमा रणवीरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ । यो अभ्यासमा शिरको सहारामा शरीरलाई ठाडो बनाइन्छ । रणवीरले यस्तो अभ्यास पहिलोपटक गरेका छन् । तस्बिर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । जहाँ रणवीर कालो सर्ट र फुल स्लीब्स टिसर्ट लगाएका छन् ।

फिल्मका लागि नितेशले डिक्सन (बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन् । कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ । हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ । रणवीरले घण्टौंसम्म संवादको रिहल्सल सुरु गरिसकेका छन् ।

रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन् । उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन् । भगवान श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रिकालीन पार्टीमा जाने छैनन् ।

फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ । फिल्ममा साई पल्लवीले सीताको भूमिका निभाउनेछिन् भने यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउनेछन् । अमिताभ बच्चन भने दशरथको भूमिकामा हुनेछन् । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ११:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया