logo-img

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

होलीमा जथाभाबी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । 

गए राति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, ‘फागु पूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरू नियन्त्रणमा लिएका थियौँ, उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गए राति  उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको  हकमा छानबिन भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चार पाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाएको अभियोगमा उनीहरूलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । 

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया