logo-img

ढोलाहिटीमा ग्याङ फाइट प्रकरण : होटल सञ्चालकसहित चारजना पक्राउ

ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइटमा दुई जनाको हत्या गरेको आरोपमा होटल सञ्चालकसहित चारजना पक्राउ परेका छन् ।  मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । 

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भएर ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका–२ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका–२ रतन्छाप घर भई हाल ललितपुर–१५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ ।  

जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वारदात पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरू पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । 

प्रहरीले पाँच जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । पक्राउ परेकालाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ ।   





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १३:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया