logo-img

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला पुग्यो एक लाख ३० हजार रुपैयाँ
फाइल तस्बिर

निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला २ हजार एक सयले बढेर एक लाख ३० हजार पुगेको छ । 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो ।   
 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ११:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया