logo-img

बेंगलुरुले कोलकातालाई दियो १८३ रनको लक्ष्य, कोहलीको अर्को उत्कृष्ट इनिङ

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

उसका लागि पूर्वकप्तान विराट कोहलीले उत्कृष्ट पारी खेले । ५९ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित अविजित ८३ रन बनाए । कोहलीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । आइपिएल करियरमा उनको यो ५२औँ अर्धशतक हो । 

कोहलीले अघिल्लो खेलमा पनि अर्धशतकीय पारी खेलेका थिए । यस्तै, कोलकाताविरुद्ध क्यामरुन ग्रीनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन जोडे । कोलकाताका लागि आन्द्रे रसेल र हर्षित रानाले दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २१:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया