अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, बेपत्ताको खोजी जारी

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । प्रहरीका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही ठाउँका ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ४१ वर्षीया हरिमाया रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।

सोही ठाउँका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार ९:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया