logo-img

शेखर कोइरालाको दाबी- केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ

प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । अहिले नयाँ सत्तासमिकरण केन्द्रमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताए । 

नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे । 

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाले बताए । उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे । नेता कोइरालाले सङ्क्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरे पनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे । 

नेता कोइरालाले पीडित मैत्री भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडित मैत्री भए मात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उनले बताए ।  





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १५:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया