रविको बचाउ गर्दै एमाले- प्रमुख सचेतकले भने कांग्रेसको माग पूर्वाग्रहप्रेरित

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताएका छन् । 

शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसको आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरिनु परेको बदलाको रुपमा उठाएको आरोप लगाए । 

‘तत्काल सरकारबाट बाहिरिन परेको बदलाको रुपमा उहाँहरुले विषयवस्तु राख्नुभएको हो । यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ । एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ । यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ,' उनले भने, 'सिंगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरुले धैर्यता राख्नुपर्छ । संसदीय समिति आवश्यकता नभई पूर्वाग्रहको आधारमा प्रेरित हो कि भन्ने देखिएको छ ।’

भोलिदेखि लगातार चार दिन बैठक जाने भन्दै उनले भोलि प्रतिनिधिसभाअघि थप छलफलको लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको पनि जानकारी दिए ।
 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया