शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । 

प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने विषयमा समेत उनीहरुबीच छलफल भएको जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार २१:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया