logo-img

आइपिएल २०२४ मा लखनउको पहिलो जित, पञ्जाबको लगातार दोस्रो हार

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्नेक्रममा गएराति सम्पन्न खेलमा लखनउले पञ्जाब किंग्सलाई २१ रनले हरायो ।

पञ्जाबले भने लगातार दोस्रो हार बेहोर्‍यो । ऊ अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग चार विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान शिखर धवनले ५० बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ७० रन बनाए । यस्तै, जोनी बेयरिस्टोले ४२, लियाम लिभिङस्टोनले अविजित २८, प्रभसिमरन सिंहले १९ र शसांक सिंहले अविजित ९ रन जोडे ।

लखनउका लागि मयंक यादवले तीन र मोहसिन खानले दुई विकेट लिए । त्यसअघि अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनायो । 

उसका लागि क्विन्टन डिककले ५४, कृणाल पाण्ड्याले अविजित ४३, कार्यवाहक कप्तान निकालस पूरनले ४२, मार्कस स्टोइनिसले १९ र केएल राहुलले १५ रन बनाए ।

पञ्जाबका लागि साम करनले तीन, अर्शदीप सिंहले दुई, कागिसो रबाडा र राहुल चाहरले एक/एक विकेट लिए । यो जितपछि लखनउ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित पञ्जाब छैटौँ स्थानमा झरेको छ ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार ६:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया