‘हीरामण्डी’ मा सक्कली आभूषण

निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतीक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन् । यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन् । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ ।

हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी छन् । उनका अनुसार सिरिजमा वास्तविकता झल्काउनका लागि सञ्जयले भेषभुषादेखि आभूषणसम्म निकै ध्यान दिएका छन् । सिरिजकै लागि उनले सक्कली गहनाको प्रयोग गरेका छन् ।

‘हामीले जुन आभूषण लगाएका छौं, ती सबै सक्कली हुन् । भलै त्यो तीन–चार किलोग्रामको छ । यी सबै पुराना आभूषण हुन् । यसमा कष्ट्युमका रुपमा पुराना कपडाको प्रयोग गरिएको छ’, उनले भनेकी छन् ।

सिरिजमा ऋचाले ‘लज्जो’को भूमिका निर्वाह गरेकी छन् । ‘रोलमा आफूलाई फिट राख्नका लागि मैले उर्दूको धेरै कक्षा लिनुपर्यो । किनकी सिरिजका लागि मैले निखार ल्याउनुपर्ने थियो । जुन बेला म सानै थिएँ, त्यो बेला मैले एक दशकसम्म कत्थक सिकेको थिएँ’, ऋचाले भनेकी छन् ।

३७ वर्षीया ऋचाका अनुसार उनले चरित्रका लागि भ्वाइस मोड्युलेसन पनि गरिन् । सन् १९३०, ४० र ५० को दशकका महिलाहरू कसरी कुरा गर्थे भन्ने कुरालाई उनले सिरिजमा उतारेकी छन् ।

‘हीरामण्डी’ मे १ बाट ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुँदैछ । सिरिजमा पाकिस्तानको कथा देखाइनेछ । पाकिस्तानको लाहोरमा एक रेडलाइट इलाकाको नाम हीरामण्डी छ । त्यही कथा सिरिजमा देखाइएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १०:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया