फिल्म छायांकनका लागि खेसारी डेढ महिनादेखि जंगलमा

भोजपुरी फिल्म उद्योगका स्टार खेसारी लाल यादव हाल उत्तर प्रदेशको जंगल घुमिरहेका छन् । उनी डेढ महिनादेखि चन्दौलीको जंगलमा घुमिरहेका हुन् । विलासी जीवन बिताइरहेका खेसारी किन जंगल घुमिरहेका छन् भन्ने उत्सुकता उनका फ्यानमाझ बढ्दो छ ।

‘संघर्ष २’, ‘फरिश्ता’ जस्ता फिल्म दिएका खेसारी डेढ महिनादेखि चन्दौलीको राजदरी–देवदारीको झरना, बाँध, जंगल पहाड, गाउँको आसपास घुमिरहेका छन् । यसको विशेष कारण छन् । 

उनी नयाँ फिल्म ‘डन्स’को सुटिङका लागि त्यहाँ छन् । फिल्मको स्क्रिप्टअनुसार खेसारीको अधिकांश दृश्य जंगलमै छ । यो फिल्ममा दर्शकले एक्सनसँगै सांगीतिक प्रेमकथा पनि हेर्न पाउनेछन् ।

धीरज ठाकुरको निर्देशनमा बनिरहेको फिल्म महँगो बजेटको मानिएको छ । फिल्ममा स्वेता, शाहवर अली, समर्थ चतुर्वेदी, पप्पू यादव, देव सिंह, महेश आचार्य, विजया लक्ष्मी, स्वेता नवल, जे नीलम, जे पी सिंह, गौरी शंकर, आर्यन बाबू चाहत राज र माही खानको अभिनय छ । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार ८:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया