logo-img

हमासको आक्रमणमा हालसम्म ६ सय इजरायली सैनिकको मृत्यु

इजरायली सेनाले गाजामा गत ७ अक्टोबरबाट सुरु भएको युद्धमा आफ्ना ६ सय सैनिकको मृत्यु भएको जनाएको छ । हमासको आक्रमणमा २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने इजरायली सैनिकको संख्या ६ सय पुगेको इजरायली सेनाले जनाएको हो ।  

यस्तै, यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भीषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । 

इजरायली भूमिमा गत वर्षको ७ अक्टोबरमा  गाजामा सक्रिय हमास लडाकुले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।  





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १२:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया