नेपालको चौथो विकेट पतन, बसिर १९ रनमा आउट

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा बसिर अहमदलाई गुमाएको हो । 

उनी १०.२ ओभरमा २० रनमा एल्बीडब्लू धरापमा परे । बसिरलाई गेभिन होयले आउट गरेका हुन् । नेपालले तेस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमायो । उनले आज ८ बलमा एक छक्कासहित ११ रन जोडे ।

विनोदलाई ४.५ ओभरमा फिओन ह्यान्डले बोल्ड गरेका हुन् । नेपालले ओपनरद्वय देव खनाललाई ६ र लोकेश बमलाई ८ रनमा गुमाइसकेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको मौका पाएको हो ।  

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायण जोशीलाई मौका दिएको हो । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ । 

नेपाल आज जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ हुनबाट जोगिन प्रयास गर्नेछ । 
 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १३:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया