logo-img

आयरल्याण्डविरुद्ध आज पनि चलेन पवन सर्राफको ब्याट

आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ ले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटको रूपमा पवन सर्राफलाई गुमाएको हो । 

उनी १४.१ ओभरमा १३ रनमा आउट भए । पवनलाई ग्यारेथ डेलानीले आउट गरेका हुन् । उनी अघिल्लो खेलमा १० रनमा आउट भएका थिए । नेपालले चौथो विकेटको रूपमा बसिर अहमदलाई गुमायो ।  

उनी १०.२ ओभरमा २० रनमा एल्बीडब्लू धरापमा परे । बसिरलाई गेभिन होयले आउट गरेका हुन् । नेपालले तेस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमायो । उनले आज ८ बलमा एक छक्कासहित ११ रन जोडे ।

विनोदलाई ४.५ ओभरमा फिओन ह्यान्डले बोल्ड गरेका हुन् । नेपालले ओपनरद्वय देव खनाललाई ६ र लोकेश बमलाई ८ रनमा गुमाइसकेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको मौका पाएको हो ।   

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायण जोशीलाई मौका दिएको हो । तीन खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ । 
 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १४:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया