logo-img

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाउने भए विश्वासको मत

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा पुगेर संवाद अगाडि बढाएलगत्तै मुख्यमन्त्री ज्म्मकट्टेलले विश्वासको मत पाउने माहोल बनेको हो । 

यस्तै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक ४ बजेका लागि सारिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुरको भीमफेदी गाउँपालिका आइपुगिसकेको जानकारी प्राप्त भएको छ । आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

१ सय १० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ । सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका सात , हाम्रो नेपाली पार्टीका दुई सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका तीन सांसद छन् । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १६:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया