एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले नेतृत्वको निरन्तरताका लागि भन्दै  विश्वासको मत दिने भएको हो ।

मुख्यमन्त्रीको दाबी गर्दै आएको एकीकृत समाजवादीले गठबन्धनमा भएको निरन्तरको छलफलपछि मत दिन तयार भएको हो। यसअघि एकीकृत समाजवादीले विश्वासको मत दिन आनाकानी गर्दै आएको थियो । 

सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कृष्णप्रसाद शर्मा खनालले पार्टीले विश्वासको मत दिने जानकारी गराए । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १७:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया