logo-img

सत्तारुढ चार दलबीच प्रदेश सरकारको नेतृत्वको विषयमा सहमति, कुन प्रदेश कसले पायो ?

सत्ता गठबन्धनमा रहेका चार दलबीच प्रदेश सरकारको नेतृत्वको विषयमा सहमति भएको छ। सोमबार बालुवाटारमा बसेको बैठकले सातै प्रदेश सरकारको नेतृत्वमा सहमति गरेको हो । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

छलफलमा सहमतिअनुसार एमालेले तीन, माओवादीले दुई, जनता समाजवादी पार्टीले एक, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले एउटा पदेशको आधाआधा कार्यकाल मुख्यमन्त्री पाउने तथा एक प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । 

बालुवाटार स्रोतका अनुसार बागमतीको आधा कार्यकाल र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले पाएको छ । त्यस्तै, एमालेको भागमा कोसी, गण्डकी र कर्णाली परेको छ । मधेस प्रदेशको मुख्यमन्त्री जसपाले पाउने सहमति भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्वमा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलाई आलोपालो आधाआधा कार्यकाल दिइने सहमति भएको छ  । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार २२:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया