logo-img

आइपिएलमा हारमा मुम्बईको ह्याट्रिक, घरमै राजस्थानसँग ६ विकेटले स्तब्ध

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । हारमा ह्याट्रिक गर्नेक्रममा मुम्बई गएराति सम्पन्न खेलमा घरेलु मैदानमै राजस्थान रोयल्ससँग ६ विकेटले स्तब्ध भयो ।  

ऊ पहिलो र दोस्रो खेलमा क्रमशः गुजरात र हैदराबादसँग पराजित भएको थियो । यता राजस्थानले भने लगातार तेस्रो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा मुम्बईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

उसका लागि रियान परागले ३९ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रविचन्द्रन आश्विनले १६, जोस बटलरले १३ र कप्तान सञ्जु सामसनले १२ रन बनाए । 

मुम्बईका लागि आकाश मठवालले तीन तथा क्वेना मफाकाले एक विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनायो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ३४ रन बनाए । यस्तै, तिलक वर्माले ३२, टिम डेविडले १७ रन तथा ओपनर इशान किशनले १६ रन बनाए ।  

राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले तीन/तीन तथा नान्द्रे बर्गरले दुई विकेट लिए । यो जितपछि राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन मुम्बई भने तालिकाको पुछारमा कायमै छ ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ६:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया