logo-img

इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ

सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमबार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको समान शक्तिका साथ जवाफ दिने बताएका छन् ।

इरानी दूतावासको वाणिज्य दूतावास भवनमा इजरायली मिसाइल हमलापछि अकबरीले आक्रमणमा आफ्ना पाँच सहकर्मीको ज्यान जानुका साथै दुई इरानी दूतावासका गार्ड घाइते भएका छन् । 

इजरायलले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको बताए । यी कानुन लागू गर्न खोज्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कहिले कारबाही गर्ने भन्ने उनको प्रश्न थियो । इरानी राजदूतले इरानले इजरायलको कार्यलाई अनुत्तरित हुन नदिने र समान शक्तिका साथ छिट्टै नै जवाफ दिने चेतावनी दिए ।  

मिसाइल हमलापछि घटनास्थलमा पुगेका सिरियाका विदेशमन्त्री फैसल मेकदादले घटनालाई अनुचित भन्दै निन्दा गरे । सिरियाली रक्षा मन्त्रालयले क्षेप्यास्त्र आक्रमण साँझ ५ बजे भएको जनाएको छ । 

इजरायलले कब्जा गरेको सिरियाली गोलान हाइट्सको दिशाबाट इरानी दूतावासको भवनलाई निशाना बनाएर हवाई आक्रमण सुरु गरेको बताए । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १०:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया